काठमाडौं । सशस्त्र प्रहरी बलले भन्सार छली भएको आशंकामा मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार ती सवारीसाधन मुस्ताङको जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट गएराति नियन्त्रणमा लिइएको हो।
यस्तै, नुवाकोटस्थित पासाङल्हामु राजमार्ग क्षेत्रमा पनि दुई वटा सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a comment