काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको २१ सयले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ ।

Leave a comment