काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ८ हजार २ सयले घटेर ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ ।

Leave a comment