Home कर्पोरेट सर्वोत्तम पेन्ट्सको सर्वसाधारणका लागि आइपिओ खुला
कर्पोरेटपुँजी बजारप्रमुख खबर

सर्वोत्तम पेन्ट्सको सर्वसाधारणका लागि आइपिओ खुला

Share
Share

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कुल निष्काशित शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँड गरिसकिएको छ । त्यस्तै ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ । यी हिस्साबाहेक बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि असार २ गतेसम्म कायम रहनेछ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको साख मूल्याङ्कनमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ८.१४ अंकले...

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

कर्मचारीको कमजोरीले ईभी र स्वास्थ्य सामग्रीको भन्सार दरमा प्राविधिक त्रुटि भएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा देखिएका...

काठमाडौं उपत्यकामा ट्राफिक कारबाहीबाट एकैदिन २० लाख २१ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लंघनको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies