मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नका लागि १ करोड विनियोजन गरिएको हो ।
तेह्र जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको संख्या दुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । सरकारले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने उनले बताए ।
उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवर्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सम्बन्धित सबैमा आग्रह गरे ।

Leave a comment