काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेर दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ मा कारोबार भइरहेको छ।

Leave a comment