काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको असार ४ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ३१ करोड रुपैयाँ छ।

Leave a comment