Home अर्थतन्त्र पद र पहिरनले मात्र मानिस जिम्मेवार बन्दैन, नैतिकता र जवाफदेहिता आवश्यक : सांसद राई
अर्थतन्त्रप्रमुख खबर

पद र पहिरनले मात्र मानिस जिम्मेवार बन्दैन, नैतिकता र जवाफदेहिता आवश्यक : सांसद राई

Share
Share

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए । प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए ।

उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उनले भने।

त्यसैगरी, उनले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट कागजात वितरणमा भएको ढिलाइबारे प्रश्न उठाए । रक्षा मन्त्रालयको बजेट बुक अझै उपलब्ध नभएको भन्दै उनले यो व्यवस्थापनको कमजोरी हो वा नियतगत समस्या भन्नेबारे स्पष्टता माग गरे।

सूचना तथा सञ्चार मन्त्रालयले अघिल्लो दिन सार्वजनिक गरेको ५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ब्रेकडाउनमा पनि उनले असंगति देखिएको दाबी गरे।

उनका अनुसार वास्तविक विवरणमा करिब १ अर्ब ६१ करोड मात्र देखिएको र बाँकी रकम प्रदेश तथा स्थानीय तहमा जाने भनिए पनि स्पष्ट विवरण नदिइएको भन्दै उनले वित्तीय पारदर्शितामा प्रश्न उठाए।

त्यस्तै, उनले भारतको पटनामा नेपाली नागरिकहरूलाई नेटवर्किङको नाममा ठगी गरी बन्धक बनाइएको भन्ने सूचना आएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। उनले पीडित नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरे।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने...

७२ हजार घुससहित रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

सामुदायिक विद्यालयमा कर लाग्दैन, निजीमा ३ प्रतिशत मात्रै हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies