Home बैंक वित्त तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
बैंक वित्त

तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Share
Share

२०८१ चैत ३ गते आइतबार । 

बैंककोे खबर । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुले पर्याप्त कर्जा विस्तार गर्न नसकेपछि केन्द्रीय बैंकले हरेक हप्ता बजारबाट पैसउा तानेर तरलता व्यवस्थापन गर्दै आएको छ । आज पनि निक्षेप संकलन उपकरणमार्फत बजारबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो । 

राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

साँवा र ब्याज भुक्तानी चैत २४ गते हुनेछ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । 

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको निक्षेप राख्नका लागि आवेदन दिन सक्नेछन् 

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies