Home कर्पोरेट पेट्रोलियम इन्धनको मूल्य घट्यो 
कर्पोरेटबैंक वित्त

पेट्रोलियम इन्धनको मूल्य घट्यो 

Share
Share

काठमाडौं, चैत २ । नेपाल आयल निगमले पेट्रोलियम इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आगामी १५ दिनका लागि आइतबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक सय ६३ रुपैयाँ तोकेको छ ।

 

डिजेल/मट्टीतेलको मुल्य चारआली, विराटनगर, जनकपुर, अमलखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर एक सय ४८ रुपयाँ ५० पैसा, सुर्खेत, र दाङमा एक सय ५० रुपयाँ र काठमाडौ , पोखरा र दिपायल क्षत्रमा एक सय ५१ रुपयाँ तोकेको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies