Home अर्थतन्त्र आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै
अर्थतन्त्र

आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

Share
Share

२०८१ फागुन २९ गते बिहीबार ।

काठमाडौं । आज फाल्गुण पूर्णिमा अर्थात् होली पर्व । गहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । 

होली पर्व हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा  लिइन्छ ।

हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको किंम्बदन्ती छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।

होलीको अवसरमा सरकारले आज पहाडी तथा हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । 

📹 Watch Video

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नारायणगढ-मुग्लिन सडकका १५ ठाउँको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको...

सर्वोच्चको आदेश उल्लंघन गरेको भन्दै सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश...

हेटौंडा उपमहानगरपालिकाले सुरु गर्‍यो मठमन्दिरको तथ्यांक अद्यावधिक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ संस्थाको तथ्यांक...

देशभर बाढी-पहिरोले २१ सडक प्रभावित, ३ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies