Home बीमा नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारणसभा
बीमाबैंक वित्त

नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारणसभा

Share
Share

२०८१ फागुन २७ गते सोमबार । 

बीमा खबर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो।

इन्स्योरेन्सले आगामी चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा ७६ औँ वार्षिक साधारणसभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

यस्तै साधारणसभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि स्वीकृत गर्नेछ।

इन्स्योरेन्सले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि चैत ७ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन र पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies