Home अर्थतन्त्र महँगी चार दशमलव १६ प्रतिशत
अर्थतन्त्रबैंक वित्त

महँगी चार दशमलव १६ प्रतिशत

Share
Share

२०८१ फागुन २७ गते मंगलबार ।

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) चार दशमलव १६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्रै देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः छ दशमलव ५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १२ दशमलव ८० प्रतिशत देखिएको छ । त्यस्तै, दाल तथा गेडागुडीको नौ दशमलव ०६ प्रतिशत, तरकारीको सात दशमलव ५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव ३६ प्रतिशतले बढेको छ । 

मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने दुई दशमलव ९८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९१ प्रतिशतले बढेको छ । त्यसैगरी कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव ३६, मदिराजन्य पेयपदार्थको पाँच दशमलव ०८, यातायातको पाँच दशमलव ०१, सुर्तीजन्य पदार्थको चार दशमलव १० र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ०७ प्रतिशतले बढेको छ ।

ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ९६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव १५, मधेश प्रदेशको तीन दशमलव ९१, बागमती प्रदेशको तीन दशमलव ३५, गण्डकी प्रदेशको तीन दशमलव ४०, लुम्बिनी प्रदेशको चार दशमलव १६, कर्णाली प्रदेशको चार दशमलव ०५ र सुदूरपश्चिम प्रदेशको चार दशमलव ७१ प्रतिशत रहेको छ । त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, तराईको चार दशमलव २५, पहाडको चार दशमलव ११ र हिमालको पाँच दशमलव २१ प्रतिशत रहेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नारायणगढ-मुग्लिन सडकका १५ ठाउँको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको...

सर्वोच्चको आदेश उल्लंघन गरेको भन्दै सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश...

हेटौंडा उपमहानगरपालिकाले सुरु गर्‍यो मठमन्दिरको तथ्यांक अद्यावधिक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ संस्थाको तथ्यांक...

देशभर बाढी-पहिरोले २१ सडक प्रभावित, ३ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies