Home कर्पोरेट युनाईटेड इदी मर्दीले डाक्यो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने
कर्पोरेटबैंक वित्त

युनाईटेड इदी मर्दीले डाक्यो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने

Share
Share

२०८१ फागुन १५ गते बिहीबार ।

कर्पोरेट खबर । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चैत ११ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश र हकप्रद बिक्रीको प्रस्ताव पारित गर्न पोखराको आभ्या क्लबमा १५औँ वार्षिका साधारणसभा डाकेको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । यस्तै बोनस सेयर जारी भएपछि कायम चुक्तापुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद सेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies