Home बीमा नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बीमा

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Share
Share

बीमा खबर । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ६७ हजार ५०० कित्ता कर्मचारी र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

सेयर किन्न इच्छुक लगानीकर्ताले (आज) फागुन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो । आजसम्म माग भएजति आवेदन नपरेको भए निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिने थियो। तर अहिलेसम्म कम्पनीले मागेको भन्दा धेरै आवेदन परेको देखिन्छ । त्यसैले आजसम्म मात्रै सर्वसधारणले आईपीओ खरिदका लागि आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

पोखरा-१२ ले गरिदियो ४४ सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका-१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि...

सरकारको प्राथमिकतामा स्वास्थ्य बिमा, आगामी आर्थिक वर्षका लागि १५ अर्ब बजेट विनियोजन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies