Home बैंक वित्त राष्ट्र बैंकका सञ्चालक उपाध्यायले लिए प्रधानन्यायाधीश समक्ष शपथ
बैंक वित्त

राष्ट्र बैंकका सञ्चालक उपाध्यायले लिए प्रधानन्यायाधीश समक्ष शपथ

Share
Share

२०८१ फागुन १ गते बिहीबार । 

बैंकको खबर । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज (फागुन १ गते बिहीबार) आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह–रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।  

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies