Home बैंक वित्त नेप्सेमा सामान्य सुधार
बैंक वित्त

नेप्सेमा सामान्य सुधार

Share
Share

२०८१ माघ २९ गते मंगलबार । 

बैंकको खबर । लगातार पाँच कारोबार दिन घटेको सेयरबजार आज सामान्य बढेर बन्द भएको छ । कारोबार मापक नेप्से परिसस्चक ६.५४ अंकले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको छ ।

सात अर्ब २४ करोड ६२ लाख रुपैयाँ बराबरको एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता सेयर किनबेच भएको छ । 

विकास बैङ्क समूह २.३७, जलविद्युत् १.५७, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फन्ड ०.५२ प्रतिशतले बढेको छ भने अरू सबै समूह घटेका छन् । 

बैङ्किङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.४३, व्यापार १.०५ र अन्य समूह ०.०१ प्रतिशत घटेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies