Home अन्तर्राष्ट्रिय ओपनएआई किन्ने मस्कको प्रस्ताव अल्टम्यानद्वारा अस्वीकार, एक्स बेच्न सुझाव
अन्तर्राष्ट्रियबैंक वित्त

ओपनएआई किन्ने मस्कको प्रस्ताव अल्टम्यानद्वारा अस्वीकार, एक्स बेच्न सुझाव

Share
Share

२०८१ माघ २९ गते मंगलबार । 

अन्तर्राष्ट्रिय खबर । टेस्लाका मालिक एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईलाई ९७ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। यो प्रस्ताव मस्कको लगानी कम्पनी मार्फत गरिएको हो।

मस्कका वकिल मार्क टोबेरोफले मस्क र उनको आफ्नै एआई स्टार्टअप एक्सएआई र लगानी फर्महरूले ओपनएआई किन्न चाहन्छन् भनेका छन्। उनले भने ‘हामी यसलाई गैर नाफामुखी अनुसन्धान प्रयोगशालामा परिणत गरेर एक परोपकारी अभियान बनाउन चाहन्छौं।

ओपनएआईका सीईओ साम अल्टम्यानले एक्समा पोस्ट गर्दै मस्कको प्रस्ताव अस्वीकार गरेका छन् । उनले पोस्टमा भनेका छन्, ‘धन्यवाद छैन, तर यदि तपाईं (मस्क) चाहनुहुन्छ भने, हामी ट्विटर (अहिले एक्स) लाई ९.७४ बिलियन डलरमा किन्छौं।

ओपनएआई आधिकारिक रूपमा डिसेम्बर ११, २०१५ मा सुरु भएको थियो। त्यसपछि यो प्राविधिक विज्ञहरू र एआई अनुसन्धानकर्ताहरू जस्तै एलोन मस्क, साम अल्टम्यान, ग्रेग ब्रोकम्यान, इल्या सुत्स्केभर, वोज्सिएच जारेबा, जोन शुलम्यान द्वारा सुरु गरिएको थियो।

सन् २०२४ मा कम्पनीको लागि ५७,१६७ करोड रुपैयाँ जुटाइएको थियो, जसपछि कम्पनीको मूल्याङ्कन १३.६० लाख करोड रुपैयाँ पुगेको थियो। ओपनएआईको उद्देश्य केवल नाफा कमाउनु मात्र होइन।

ओपनएआई अब ‘क्याप्ड – प्रोफिट’ मोडेलमा पनि सञ्चालन हुन्छ। यसको अर्थ लगानीकर्ताहरूले सीमित नाफा मात्र कमाउन सक्छन्।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

चीनमा भीषण आँधी र बाढीबाट ५० जनाको मृत्यु, शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढ्दै

काठमाडौं । एक सातायता आएको भीषण आँधी र बाढीका कारण ५० जनाको...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies