Home बैंक वित्त साइपालमा एभरेष्ट बैंकको शाखा विस्तार, गभर्नर अधिकारीले गरे उद्घाटन
बैंक वित्त

साइपालमा एभरेष्ट बैंकको शाखा विस्तार, गभर्नर अधिकारीले गरे उद्घाटन

Share
Share

२०८१ माघ २८ गते सोमबार । 

बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाऊँपालिकामा शाखा विस्तार गरेको छ । यससँगै देशका ७५३ वटै सनीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ । एभरेष्ट बैंकको यो शाखा १२९औँ कार्यालय रहेको छ ।

नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका पुगेर बैंकको शाखाको औपचारीक उद्घाटन गरेका छन् । 

उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती थियो ।

भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अति दुर्गम मानिने र मोटर बाटोको समेत पहुँच नभएको यस पालिकामा शाखा कार्यालय खोल्नु कठिन र चुनौतीपूर्ण रहेको भएपनि सो कार्य सम्पन्न गरेको बैंकले जनाएको छ । 
सो अवसरमा गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए । साथै अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य भएको बताए । 

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखाकार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक बिकाशमाथप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies