Home पुँजी बजार नेप्सेमा दोहोरो अङ्कको गिरावट
पुँजी बजारबैंक वित्त

नेप्सेमा दोहोरो अङ्कको गिरावट

Share
Share

२०८१ माघ २७ गते आइतबार । 

सेयर खबर । सेयरबजार कारोबार मापक नेप्से परिसूचकमा आज दाहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से ११.४९ अङ्कले घटेर दुई हजार छ सय ८८.३१ को विन्दुमा झरेको छ ।

आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका २४३ कम्पनीमध्ये १६७ वटाको सेयरमूल्य घट्दा बजार रातो बनेको हो । तर ७० कम्पनीको सेयरमूल्य बढेको छ भने ६ वटाको स्थिर रहेको छ ।

आजको कारोबारमा फाइनानस समूह ०.८०, उत्पादन तथा प्रशोधन ०.१५, लघुवित्त ०.२५ र व्यापार समूह १.३९ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.३५ प्रतिशत र अन्य समूह १.३० प्रतिशतले घटेको छ । त्यसपछि बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.५०, लगानी ०.३९, जीवन बीमा ०.७६, म्युचुुअल फन्ड ०.३४ र निर्जीवन बीमा ०.५७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनी रहेका छन् । यो कम्पनीको सेयर मूल्य ६.५२ प्रतिशतले घटेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies