Home बैंक वित्त महुली लघुवित्तको नाफामा उच्च गिरावट
बैंक वित्तलघुवित्त

महुली लघुवित्तको नाफामा उच्च गिरावट

Share
Share

२०८१ माघ २५ गते शुक्रबार । 

बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा एक वर्ष अघिको तुलनामा ६५.६९ प्रतिशतले घटेर ८९ लाख ५९ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको दोस्रो त्र्रमासमा लघुवित्तले २ करोड ६१ लख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको देखिन्छ । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी भने ३४.७७ प्रतिशतले बढेर १६ करोड ४८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । तर इम्पेरिमेन्छ चार्ज वापत लघुवित्तले ५ करोड ८२ लाख ५९ हजार रुपैयाँ छुट्याउनु परेको छ । एक वर्षअघि लघुवित्तको इम्पेरिमेन्ट चार्ज १ करोड १८ लाख ५६ हजार रुपैयाँ थियो ।

लघुवित्तको खराब कर्जा ०.२५ प्रतिशत बिन्दुले बढेर ४.८९ प्रतिशत पुगेको छ । ३२ करोड २३ लाख ७८ रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा छ । 

All banking information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_2121_महल_लघवततक_नफम_उचच_ग.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies