Home अर्थतन्त्र अमेरिकी डलरको भाउ १४० रुपैयाँ नाघ्यो
अर्थतन्त्रबैंक वित्त

अमेरिकी डलरको भाउ १४० रुपैयाँ नाघ्यो

Share
Share

२०८१ माघ २४ गते बिहीबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । डलरसँगै युरोपियन युरो, बेलायती पाउन्ड स्ट्रलिङलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै आज युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा तोकिएको छ । 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

 स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

भैरहवा सीमा क्षेत्रमा तस्करको सातो जाँदै, डण्डा गुल्मले बरामद गर्‍यो १ करोड ७० लाखका सामान

भैरहवा । नेपाल-भारत सीमावर्ती क्षेत्रस्थित डण्डामा रहेको सशस्त्र प्रहरी बलअन्तर्गत सुरक्षा गुल्मले...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने कपिलवस्तुका माधव काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम...

बाँकेमा चालु आर्थिक वर्षमा ७ हजार ६ सय मेट्रिक टनभन्दा बढी रासायनिक मल वितरण

बाँके । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार...

५५ अर्ब ३३ करोड लागतको माथिल्लो मुगु कर्णाली आयोजना अघि बढ्यो, सन् २०३३ सम्म विद्युत उत्पादन गर्ने लक्ष्य

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies