Home अन्तर्राष्ट्रिय भारतीय केन्द्रीय बैंक मौद्रिक नीति समितिको बैठक आजबाट, ब्याजदर घटाउने सम्भावना
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय केन्द्रीय बैंक मौद्रिक नीति समितिको बैठक आजबाट, ब्याजदर घटाउने सम्भावना

Share
Share

२०८१ माघ २३ गते बुधबार । 

अन्तर्राष्ट्रिय । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाको मौद्रिक नीति समितिको बैठक आज (फेब्रुअरी ५ बुधबार)बाट सुरु भएको छ । फेब्रुअरी ७ सम्म जारी रहने यो बैठकले ब्याजदरको बारेमा निर्णय लिने बताइएको छ । 

केन्द्रीय बैंक आरबीआईका गभर्नर सञ्जय मल्होत्राको अध्यक्षतामा बैठक बस्नेछ । यो उनको अध्यक्षतामा बस्न लागेको पहिलो बैठक हो । आरबीआईले यसअघि सन् २०२३ फेब्रुअरीको बैठकमा रिपो दर परिवर्तन गरेर ६.५ प्रतिशत कायम राखेको थियो । त्यस यता रिपो दरमा कुनै हेरफेर गरिएको छैन । यसपटक रिपो दर घटाउने सम्भावना छ ।

अर्थशास्त्रीहरुले आरबीआईले यसपटक रिपो दर ०.२५ प्रतिशत घटाएर ६.२५ प्रतिशतमा झार्ने अनुमान गरिरहेका छन् । यदि रिपो दरमा कमी आयो भने गृृह ऋण सस्तो हुने छ भने मासिक किस्ता (इएमआई) पनि घट्न सक्छ । 

आरबीआईले सामान्यतया प्रत्येक दुई महिनामा मौद्रिक नीति समितिको बैठक आयोजना गर्छ । बैठकको अध्यक्षता केन्द्रीय बैंकका गभर्नरले गर्छन । मौद्रिक नीति समितिमा रहेका ६ जना सदस्यले गरेको निर्णय यसपटक फेब्रुअरी ७ का दिन बिहान १० बजे घोषणा हुनेछ । यस्तै आरबीआई गभर्नरले दिउँसो १२ बजे मिडियालाई सम्बोधन गर्नेछन् । उनले मौद्रिक नीति समितिले गरेका निर्णय पछाडिका कारणहरु र भारतीय अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिनेछन् । 

नीतिगत दर मुद्रास्फीतिसँग लड्न एक शक्तिशाली उपकरण हो
कुनै पनि केन्द्रीय बैंकसँग नीतिगत दरको रूपमा मुद्रास्फीतिसँग लड्न शक्तिशाली उपकरण हुन्छ । मुद्रास्फीति धेरै उच्च हुँदा, केन्द्रीय बैंकले नीतिगत दर बढाएर अर्थतन्त्रमा पैसा प्रवाह घटाउने प्रयास गर्छ ।

यदि नीतिगत दर उच्च भयो भने बैंकहरूले केन्द्रीय बैंकबाट पाउने ऋण महँगो हुनेछ । बदलामा, बैंकहरूले आफ्ना ग्राहकहरूको लागि ऋण महँगो बनाउँछन् । यसले अर्थतन्त्रमा पैसाको प्रवाह घटाउँछ । जब पैसाको प्रवाह घट्छ, माग घट्छ र मुद्रास्फीति घट्छ ।

त्यसैगरी, जब अर्थतन्त्र खराब चरणबाट गुज्रन्छ, पुनप्र्राप्तिको लागि पैसा प्रवाह बढाउनु आवश्यक हुन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले नीतिगत दर घटाउँछ । यसले गर्दा बैंकहरूले केन्द्रीय बैंकबाट पाउने ऋण सस्तो हुन्छ र ग्राहकहरूले पनि सस्तो दरमा ऋण पाउँछन् ।

 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

चीनमा भीषण आँधी र बाढीबाट ५० जनाको मृत्यु, शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढ्दै

काठमाडौं । एक सातायता आएको भीषण आँधी र बाढीका कारण ५० जनाको...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies