Home पुँजी बजार नेप्से सामान्य अंकले घट्यो 
पुँजी बजारबैंक वित्त

नेप्से सामान्य अंकले घट्यो 

Share
Share

२०८१ माघ २३ गते बुधबार । 

सेयर खबर । सेयरबजार बुधबार सामान्य अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ४.४५ अङ्कले घटेर दुई हजार सात सय ११.४५ को बिन्दुमा कायम भएको हो ।

आठ अर्ब ९५ करोड ८० लाख सात हजार रुपैयाँ बराबरको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये १२२ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने सात वटाको स्थिर रहेको छ ।

आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ३३ करोड ७६ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । आजको कारोबार पछि कूल बजार पुँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबर पुगेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies