Home बैंक वित्त बढ्यो जीवन विकास लघुवित्तको नाफा
बैंक वित्तलघुवित्त

बढ्यो जीवन विकास लघुवित्तको नाफा

Share
Share

२०८१ माघ २२ गते मंगलबार ।

बैंकको खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८१८२को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

समीक्षा अवधिमा लघुवित्तले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन एक वर्ष अघिको तुलनामा १५.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससमम लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १२.०४ प्रतिशत र सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेको छ। 

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। प्रतिसेयर आम्दानी एक वर्ष अघिको तुलनामा ४ रुपैयाँ ११ पैसा बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ। यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.६० गुणा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा कायम भएको छ । 

पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ।  यस्तै प्रतिसेयर वितरणयोग्य आम्दानी १०७ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

एक अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा दुई अर्ब १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ। 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies