Home बीमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
बीमाबैंक वित्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

Share
Share

२०८१ माघ २२ गते मंगलबार ।
बीमा खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा समान्य बढेको छ । इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही बढेको  छ ।

गत पुस मसान्तसम्म इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत वर्ष छ महिनामा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस आर्थिक वर्षको छ महिनामा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत बढेको छ भने कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ। यस अवधिमा इन्स्योरेन्सको दाबी भुक्तानी २२.२६ प्रतिशत बढेको छ । 

पाँच अर्ब एक करोड १९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै प्रतिसेयर आम्दानी एक वर्ष अघिको तुलनामा ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ ।
 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies