Home बीमा नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बीमाबैंक वित्त

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Share
Share

२०८१ माघ २२ गते मंगलबार ।

बीमा खबर । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ ८ गतेदेखि निष्काशन गरेको आईपीओ मा आवेदन दिने आज (माघ २२ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको छ । सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री निष्काशन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र सामुहिक लगानी कोषहरुका लागि ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies