Home पुँजी बजार यसकारण उच्च अंकले बढ्यो सेयरबजार, लगानीकर्ता किन उत्साहित बने ?
पुँजी बजारबैंक वित्त

यसकारण उच्च अंकले बढ्यो सेयरबजार, लगानीकर्ता किन उत्साहित बने ?

Share
Share

२०८१ माघ २० गते आइतबार । 

सेयर खबर । आज सेयर बजारमा हरियाली छाएको छ । कारोबार मापक नेप्से परिसूचक ६९.८० अंकले बढेर दुई हजार ७२७.५८ अंकमा पुगेको छ । 

१२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६  रुपैयाँ बराबरको दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । आज एक दिनमै लगानीकर्ताको सम्पत्ति एक खर्ब १६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४५ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । 

आजको कारोबारमा सबै समूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूह चार दशमलव ९२ प्रतिशत, निर्जीवन बीमा समूह तीन दशमलव ७१ प्रतिशत र विकास बैंक समूह तीन दशमलव १५ प्रतिशतले बढेको छ । 

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक  सर्किट लागेको छ । 

लामो समय बजार साइडवेज प्रवृतिमा रहदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । तर अहिले अधिकांश कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुले सेयरधनीको खातामा लाभांश पुर्याइसकेका छन् । यसको असर बजारमा परेको विश्लेषण गरिएको छ । यस्तै अब दुई महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर परिवर्तन हुने र नेपाली कांग्रेस निकट व्यक्ति गभर्नर बन्ने हल्ला आएकाले पनि बजारमा असर पारेको विश्लेषकहरु बताउँछन् । अहिलेका गभर्नरप्रति सेयर लगानीकर्ता त्यति सकारात्मक छैनन् । त्यसैले नयाँ गभर्नर आउनुअघि बजारलाई केही माथि पु¥याउने र त्यसबेला नाफा बुक गर्ने रणनीति ठूला र चलाख लगानीकर्ताको हुन सक्छ । ब्याजदर पनि निकै सस्तो छ भने अर्थतन्त्रका अन्य क्षेत्रमा कर्जाको माग न्यून छ । त्यसैले बैंकहरुले सेयरबजारमा जाने कर्जा बढाउन चाहिरहेका छन् । यसले बजारमा थप लगानी भित्रिने सम्भावना छ । यी सबै कुराहरुले सेयर बजारमा सकारात्मक माहोल बन्न सक्ने भन्दै सेयर लगानीकर्ताले खरिद चाप बढाएको देखिन्छ ।

All baking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies