Home बीमा बढ्यो बीमा पोलिसी सरेन्डर
बीमाबैंक वित्त

बढ्यो बीमा पोलिसी सरेन्डर

Share
Share

२०८१ माघ २० गते आइतबार ।

बीमा खबर । बीमा पोलिसी त्याग (सरेन्डर) गर्ने बिमितको संख्या बढ्दै गएको छ । यस आर्थिक वर्ष २०८१/८२को पहिलो छ महिनामा ५४ हजार ४ सय १४ वटा बिमितले पोलिसी सरेन्डर गरेका छन् । सरेन्डर भएपछि बीमा कम्पनीहरुबाट सात अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पैसा बाहिरिएको छ । 

त्यसो त गत आर्थिक वर्षमा पनि थुप्रै बीमा पोलिसी सरेन्डर भएको थियो । गत वर्ष १ लाख १३ हजार ९७६ वटा बीमा पोलिसी सरेन्डर भएको थियो । बीमा कम्पनीहरुले १४ अर्ब ५० करोड रुपैयाँ पोलिसी सरेन्डरबापत बुझाएका थिए ।

देशमा आर्थिक संकट बढ्दै गएपछि बिमितले आफूले खरिद गरेको पोलिसी सरेन्डर गर्ने गरेको बीमा कम्पनीहरु बताउँछन् । तर जानकारहरु भने बीमा पोलिसी बिक्री गर्ने बेलामा नै ध्यान नदिँदा बिचैमा सरेन्डर गरेर प्रिमियम फिर्ता लिनेहरुको संख्या बढ्दै गएको बताउँछन् । कम आम्दानी भएका मानिसलाई ठूलो रकमको बीमा गराउने र पछि बीमा रकम तिर्न गाह्रो भएपछि पोलिसी सरेन्डर गरेर बाहिरिने क्रम बढ्दै गएको छ । 

कुनैपनि व्यक्तिले जीवन बिमा गरेपछि त्यसको अवधि नपुग्दै बीचमै पोलिसी रोक्नुलाई बीमा पोलीसी सरेन्डर भनिन्छ । प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार बीमितले पोलिसी खरिद गरेको तीन वर्षपछि पोलिसी सरेन्डर गर्न पाउँछन् । बीमा पोलीसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशत भुक्तानी दिनुपर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । तर सो अवधिसम्म आर्जित बोनस रकम पनि जोडनु पर्छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies