Home बैंक वित्त डलरमा व्यापार नगरे सतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
बैंक वित्त

डलरमा व्यापार नगरे सतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

Share
Share

२०८१ माघ १८ गते शुक्रबार । 

अन्तर्राष्ट्रिय । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरुलाई अमेरिकी डलरमा व्यापार नगरे सतप्रतिशत कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले यसअभि पनि यस्तो चेतावनी दिएका थिए । 

ट्रम्पले शुक्रबार यदि ब्रिक्स देशहरुले अमेरिकी डलरलाई अन्तर्राष्ट्रिय व्यापारबाट हटाउने प्रयास गरेमा उनीहरुले १०० प्रतिशत शुल्कको सामना गर्नुपर्ने बताएका हुन् । उनले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन् । 

ट्रम्पले ब्रिक्स राष्ट्रहरुसँग नयाँ मुद्रा नबनाउन र डलर बाहेक अरु कुनै मुद्रालाई विकल्प नबनाउने ग्यारेन्टी गर्न माग गरेका छन् । यदि ब्रिक्स राष्ट्रहरुले त्यसो नगरेमा अमेरिकासँगको व्यापारमा सतप्रतिशत शुल्क लगाउने चेतावनी दिएका हुन् । 

ब्रिक्स विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुको समूह हो जसमा अमेरिका समावेस छैन । ब्राजिल, रसिया, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र युएई ब्रिक्समा समावेस छन् । 

पछिल्लो केही वर्षदेखि रुस र चीनले अमेरिकी डलरको विकल्पका रुपमा ब्रिक्स मुद्रा बनाउने प्रयास गरिरहेका छन्, जसमा हालसम्म कुनै सहमति भएको छैन । 

अमेरिकाले डलरको आधारमा अर्बौं कमाउँछ
स्वीफ्ट नेटवर्क सन् १९७३मा २२ देशहरुमा पाँच सय १८ वटा बैंकहरुसँग सुरु भएको थियो । हाल दुई सय भन्दा बढी देशका ११ हजार बैंकहरु स्वीफ्टमा समावेश छन् । जसले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी बैंकहरुमा राख्छन् । 

सबै देशहरुले जम्मा गरेको यस्तो पैसा करिब ७.८ ट्रिलियन डलर छ । जुन पैसा अमेरिकाले आफ्नो विकासका लागि प्रयोग गर्दै आएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies