Home अर्थतन्त्र पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थतन्त्रबैंक वित्त

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Share
Share

२०८१ माघ १८ गते शुक्रबबार 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रका लागि एक सय ६६ रुपैयाँ र पोखरा र दिपायल क्षेत्रका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । 

यस्तै डिजेल र मट्टितेल चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रका लागि एक सय ५९ रुपैयाँ र पोखरा र दिपायल क्षेत्रका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ । 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९ रुपैयाँ, डिजेलमा ३.५७ रुपैयाँ तथा हवाई इनधनमा ५.७० रुपैयाँ मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

भैरहवा सीमा क्षेत्रमा तस्करको सातो जाँदै, डण्डा गुल्मले बरामद गर्‍यो १ करोड ७० लाखका सामान

भैरहवा । नेपाल-भारत सीमावर्ती क्षेत्रस्थित डण्डामा रहेको सशस्त्र प्रहरी बलअन्तर्गत सुरक्षा गुल्मले...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने कपिलवस्तुका माधव काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम...

बाँकेमा चालु आर्थिक वर्षमा ७ हजार ६ सय मेट्रिक टनभन्दा बढी रासायनिक मल वितरण

बाँके । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार...

५५ अर्ब ३३ करोड लागतको माथिल्लो मुगु कर्णाली आयोजना अघि बढ्यो, सन् २०३३ सम्म विद्युत उत्पादन गर्ने लक्ष्य

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies