Home बैंक वित्त क्रिप्टो करेन्सी कारोबार र ठगी आरोपमा सात जना पक्राउ
बैंक वित्त

क्रिप्टो करेन्सी कारोबार र ठगी आरोपमा सात जना पक्राउ

Share
Share

२०८१ माघ १८ गते शुक्रबार । 

काठमाडौँ । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले सात जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

प्रहरीले उनीहरूका साथबाट दुई थान सुपर कम्प्युटर, १३ थान मोबाइल, विभिन्न व्यक्तिका नाममा जारी बैङ्कका चेक १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । 

उनीहरुले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको पाइएको ब्यूरोले जनाएको छ । 

उनीहरूले विभिन्न बैङ्क तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैङ्क तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैङ्क तथा वालेटमा पुहँच पुर्‍याइ रकम ठगी गर्ने गरेको खुलेको पनि प्रहरीले जनाएको छ  

ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैङ्क तथा वालेटमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ ।

📎 Attached Document

📄 Attached File: document_2099_करपट_करनस_करबर_र_ठग.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies