Home बीमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो
बीमा

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

Share
Share

२०८१ माघ १५ गते मंगलबार ।

बीमा खबर । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

पोखरा-१२ ले गरिदियो ४४ सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका-१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि...

सरकारको प्राथमिकतामा स्वास्थ्य बिमा, आगामी आर्थिक वर्षका लागि १५ अर्ब बजेट विनियोजन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies