Home बैंक वित्त हिमालयन लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने
बैंक वित्त

हिमालयन लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

Share
Share

२०८१ माघ १५ गते मंगलबार ।

बीमा खबर । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट  आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ।

इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारणसभा डाकेको हो। साधारणसभा बिहान साढे १० बजे शुरु हुनेछ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिले बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने प्रस्ताव पनि गरेको छ । यस्तै साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिन सेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने भएको छ। त्यसैले माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा भाग लिन र पारित भएको बोनस सेयर प्राप्त गर्न सक्नेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies