२०८१ माघ १० गते बिहीबार ।
बैंकको खबर । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ६ महिनामा २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.६० प्रतिशत धेरै हो । गतवर्ष पुसम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ब्यापार गरेका थिए ।
यसमध्ये १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको ब्यापार गरेका छन भने चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले ४२ करोड २९ लाख रुपैयाँ बराबरको ब्यापार गरेका छन् ।
📎 Attached Document
📄 Attached File: document_2093_नरजवन_बम_कमपनहरल_६_मह.pdf
⚠️ File hosted externally

Leave a comment