Home बीमा जीवन बीमा कमपनीहरुले छ महिनामा गरे ८१ अर्ब बढीको ब्यापार
बीमाबैंक वित्त

जीवन बीमा कमपनीहरुले छ महिनामा गरे ८१ अर्ब बढीको ब्यापार

Share
Share

२०८१ माघ ९ गते बुधबार । 

बीमा खबर । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउनदेखि पुस)सम्म ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपालमा अहिले १४ वटा जीवन बीमा कम्पनी र तीन वटा लघु बीमा कम्पनी सञ्चालनमा छन् । 

जीवन बीमा कम्पनीहरुको ब्यापार पुस महिनामा मात्रै १५ अर्ब तीन करोड १५ लाख रुपैयाँले बढेको छ । मंसिरसम्म जीवन बीमा कम्पनीहरुले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बीमा शुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बीमा शुल्क एक अर्ब ४३ करोड ४३ लाख तथा नवीकरणबापत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

यस्तै, तीन वटा लघु बीमा कम्पनीहरुले ६ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यसमध्ये २८ करोड ७ लाख प्रथम बीमा शुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बीमा शुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपैयाँ संकलन गरेका छन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies