Home पुँजी बजार सेयरबजारमा लगानीकर्ताको कन्फिडेन्स बढेको हो ? कारोबार रकमसँगै बढ्यो नेप्से
पुँजी बजारबैंक वित्त

सेयरबजारमा लगानीकर्ताको कन्फिडेन्स बढेको हो ? कारोबार रकमसँगै बढ्यो नेप्से

Share
Share

२०८१ माघ ९ गते बुधबार । 

सेयर खबर । सेयर बजारमा आज कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम दुवैमा उल्लेख्य सुधार भएको छ । 

कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ विन्दुमा कायम भएको हो । नौ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ रुपैयाँको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये १३६ वटाको सेयरमूल्य बढेको छ । ३७ वटाको घटेको छ भने नौ वटाको स्थिर रहेको छ । 

समूहगत सूचकहरु पनि सबै बढेका छन् । यअन्य समूहमा लगानीकर्ताको आकर्षण बढी देखियो । यो समूह ४.२४ प्रतिशत बढेको छ । यस समूहमा पर्ने नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल वेयर हाउसिङ कम्पनीको सेयरमूल्यमा राम्रो वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी र रिपब्लिक मिडियाको सेयरमूल्यमा गिरावट आएको छ । 

अन्य समूहपछि लगानी समूह तीन दशमलव ८२ प्रतिशत, बैंकिङ एक दशमलव ३२, विकास बैंक दुई दशमलव ७४, वित्त शून्य दशमलव ८९, होटल तथा पर्यटन दुई दशमलव ७१ र जलविद्युत् समूह दुई दशमलव ७१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा समूह एक दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य आठ, लघुवित्त एक दशमलव शून्य सात, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बिमा एक र व्यापार समूह दुई दशमलव ४५ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजार पुँजीकरण ८७ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । साधारण सेयरतर्फको पुँजीकरण २६ अर्ब रुपैयाँ घटेर १४ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

मौद्रिक नीतिपछिको दोस्रो दिन नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies