Home बैंक वित्त राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब १५ प्रतिशत बढ्यो
बैंक वित्त

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब १५ प्रतिशत बढ्यो

Share
Share

२०८१ माघ ७ गते सोमबार । 

बैंकको खबर । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशत धेरै हो । गत वर्षको छ महिनामा विकास बैंकहरुले २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सोमबार बैंक हरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ६ महिनामा ८ विकास बैंकहरुमध्ये ६ वटाको नाफा बढेको छ भने २ वटाको घटेको छ ।

गरिमा विकास बैंकले सबैभन्दा धेरै  ५४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ७.१६ प्रतिशत बढी हो । गरिमा पछि मुक्तिनाथ विकास बैंकले धेरै नाफा कमाएको छ । मुक्तिनाथले ६ महिनामा ५० करोड ३१ लाख कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले बढेको हो । 

यस आर्थिक वर्षको छ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३३ करोड रुपैयाँ, कामना सेवा विकास बैंकले ३२ करोड रुपैयाँ, महालक्ष्मी विकास बैंकले २८ करोड रुपैयाँ, ज्योति विकास बैंकले २५ करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १९ करोड रुपैयाँ र लुम्बिनी विकास बैंकले १४ करोड रुपैयाँ नाफा कमाएका छन् । 

लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा यसपटक घटेको छ । लुम्बिनी विकास बैंकको नाफा एक वर्षअघिको तुलनामा ३०.४६ प्रतिशत घटेको छ भने शाइन रेसुङ्गाको १०.८७ प्रतिशत घटेको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा
     विकास बैंक    २०८१ पुस मसान्त (रु हजारमा)    २०८० पुस मसान्त (रु हजारमा)    नाफा फरक (प्रतिशत)
     गरिमा विकास बैंक    ५४९२६६    ५१२५८२    ७.१६
     मुक्तिनाथ विकास बैंक    ५०३१२२    ४२००१७    १९.७९
     साइन रेसुङ्गा डेभलपमेन्ट बैंक    ३३०८५६    ३७१२०७    –१०.८७
     कामना सेवा विकास बैंक    ३२२४९३    २५८९१९    २४.५५
     महालक्ष्मी विकास बैंक    २८७४९९    २७८०३६    ३.४
     ज्योति विकास बैंक    २५०२३२    १०१०३४    १४७.५७
     सांग्रिला डेभलपमेन्ट बैंक    १९६५६१    १००२३३    ८६.१
     लुम्बिनी विकास बैंक    १४७६१८    २१२२६९    –३०.४८
     कुल नाफा    २५८७५४७    २२५४२९७    १४.७८

 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies