Home पुँजी बजार नेप्से बढ्यो, छ अर्ब बढीको कारोबार
पुँजी बजारबैंक वित्त

नेप्से बढ्यो, छ अर्ब बढीको कारोबार

Share
Share

२०८१ माघ ७ गते सोमबार । 

सेयर खबर । सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक छ दशमलव ७८ अंकले बढेर दुई हजार छ सय सात दशमलव ९९ विन्दुमा कायम भएको हो । छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैयाँ बराबरको  एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता सेयर किनबेच भएको छ । 

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको बढेका छन् । 

 होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ०५  प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको २४ करोड एक लाख ८८ हजार चार सय चार रुपैयाँको सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये ११८ वटाको सेयरमूल्य बढेको छ भने ११७ वटाको घटेको छ । बाँकी आठ कम्पनीको स्थिर रहेको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

मौद्रिक नीतिपछिको दोस्रो दिन नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies