Home बैंक वित्त वाणिज्य बैंकहरुको नाफा साढे चार प्रतिशत घट्यो
बैंक वित्त

वाणिज्य बैंकहरुको नाफा साढे चार प्रतिशत घट्यो

Share
Share

२०८१ माघ ७ गते सोमबार ।

बैंकको खबर । चालू आर्थिक वर्ष २०८१/८२को दोस्रो त्रैमाससम्म २० वटा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४.६२ प्रतिशत कम हो । २०८० पुस मसान्तमा वाणिज्य बैंकहरुले नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ थियो ।

२०८१ पुस मसान्तसम्म सबैभन्दा धेरै धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसपछि ग्लोबल आइएमईले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । 

नेपाल इनभेष्टमेन्ट मेगा, एभरेष्ट र एनएमबि बैंकले २ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । 

गतवर्ष पुस मसान्तको तुलनामा यसवर्ष पुस मसान्तमा ११ वटा वाणिज्य बैंकको नाफा नाफा बढेको छ भने ९ वटाको घटेको छ । 

वाणिज्य बैंकहरुको नाफा
     बैंक   २०८१ पुस मसान्त (रु. हजारमा)   २०८० पुस मसान्त (रु. हजारमा)   नाफा फरक (प्रतिशत)
     नबिल बैंक    ३२४४२७७    ३२०३०७९    १.२९
     ग्लोबल आइएमई बैंक    ३०५३४८९    २०२३२९    ४९.५१
     नेपाल इन्भेष्टमेन्ट मेगा बैंक    २८३२३२६    १८०१९४४    ५७.१८
     एभरेष्ट बैंक    २०७४७६३    १७१३१४८    २१.११
     एनएमबि बैंक    २००३५४०    १३७५९८७    ४५.६१
     प्राइम कमर्सियल बैंक    १८६९९५०    २१८२९२७    –१४.३४
     स्टान्डर्ड चार्टर्ड बैंक    १६४०६३०    १७२६४२८    –४.९७
     हिमालयन बैंक    १५१८७७०    १५०३९७४    ०.९८
     प्रभु बैंक    १३३६१३८    ७२०३४१    ८५.४९
     सानिमा बैंक    ११९२३११    ११३८६१४    ४.७२
     लक्ष्मी सनराइज बैंक    ११६२०७६    १०५९२१०    ९.७१
     कृषि विकास बैंक    ९५७५४९    १३५५२७५    –२९.३५
     नेपाल एसबिआई बैंक    ९००२८१    ८४०५४२    ७.११
     माछापुच्छ्रे बैंक    ८०७३२७    ८०५३८०    ०.२४
     राष्ट्रिय वाणिज्य बैंक    ७६३०३३    २०१५३८८    –६२.१४
     सिटिजन्स बैंक    ६६९८२८    ७८२७८४    –१५.४५
     सिद्धार्थ बैंक    ५३०२२९    ११३६८२२    –५३.३६
     नेपाल बैंक    ४६१०१७    ५९००५१    –२१.८७
     कुमारी बैंक    २७५७३०    ८६७२११    –६८.२०
     एनआईसी एशिया बैंक    १५१७३०    १९०३८०७    –९२.०३
     कुल नाफा    २७४३६९९४    २८७६५२४१    –४.६२

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies