Home बैंक वित्त नबिल बैंकको नाफा सामान्य बढ्यो
बैंक वित्त

नबिल बैंकको नाफा सामान्य बढ्यो

Share
Share

२०८१ माघ ७ गते सोमबार ।

बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा १.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिलले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो । 

पुस मसान्तसम्म बैंकले चार खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंक्को खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ भएको छ । खुद ब्याज आम्दानी घटे पनि इम्पेरिमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो । एक वर्ष अघि १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज रहेकोमा अहिले १ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । निष्क्रिय कर्जा १.७० प्रतिशत रहेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies