Home बैंक वित्त प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो
बैंक वित्त

प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो

Share
Share

२०८१ माघ ७ गते सोमबार ।

बैंकको खबर । चालू आर्थिक वर्ष २०८१/८२को दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा बढेको छ ।  पुस मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गतवर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो । गतवर्ष दोस्रो त्रैमासमा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको छ । 

बैंकको खराब कर्जा एक वर्ष अघिको तुलनामा ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ छ । 

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies