Home बैंक वित्त ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब पाँच करोड मुनाफा
बैंक वित्त

ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब पाँच करोड मुनाफा

Share
Share

२०८१ माघ ७ गते सोमबार ।

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२को दोस्रो त्रैमाससम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी नाफा कमाएको छ । गतवर्ष पुस मसान्तसम्म बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ । तरपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको देखिन्छ । एक वर्षअघि बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेकोमा अहिले घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ। 

पुस मसान्तसम्म बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। 

यस्तै बैंकको प्रतितिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। 

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies