Home बीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
बीमाबैंक वित्त

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Share
Share

२०८१ माघ ६ गते आइतबार । 

बीमा खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। इन्स्योरेन्सले पुस २१ गतदेखि २४ गतेसम्म निष्काशन गरेको १८ लाख ४५ हजार कित्ता सेयर आज बाँडफाँट भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर किन्नका लागि आवेदन दिएका थिए । इन्स्योरेन्सले निष्काशन गरेको सेयरभन्दा १२.५८ गुणा बढी कित्ताका लागि आवेदन परेको थियो । 

सेयरखरिद गर्न आवेदन दिएकामध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत सेयर बाँडफाँट भएको छ । 

क्यापिटलका अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies