Home बैंक वित्त आरएसडीसी लघुवित्तको नाफा घट्यो
बैंक वित्तलघुवित्त

आरएसडीसी लघुवित्तको नाफा घट्यो

Share
Share

२०८१ माघ ६ गते आइतबार ।

बैंकको खबर । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ।

२०८१ पुस मसान्तसम्म लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्ष पुस मसान्तमा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।

गत पुस मसान्तसम्म लघुवित्तले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। जसका कारण लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ छुट्याएको छ। 

दोस्रो त्रैमाससम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ छ । 

नाफा घटेपछि लघुवित्तको प्रतिसेयर आम्दानी प्रभावित भएको छ। गतवर्षको पुसमा भन्दा यसवर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा छ। ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ । 

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies