Home बैंक वित्त पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड रुपैयाँ नाफा
बैंक वित्त

पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड रुपैयाँ नाफा

Share
Share

२०८१ पुस २९ गते सोमबार । 

बैंकको खबर । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो ५ महिना (साउन देखि मंसिर)मा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा १९ वटा वाणिज्य बैंकहरुको हो । कृषि विकास बैंकको नाफा सार्वजनिक भएको छैन । 

समग्रमा एक वर्ष अघिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । 

विवरण सार्वजनिक भएकामध्ये १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ । नेपाल एसबिआई बैंकको नाफा सबैभन्दा धेरै ९०.४८ प्रतिशत बढेको छ भने नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । 

नबिल बैंकले मंसिरसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गतवर्ष पाँच महिनामा २ अर्ब ९६ करोड रुपैयाँ कमाएको थियो । 

नबिल पछि धेरै नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले २ अर्ब ८३ करोड रुपैयाँ कमाएको छ । यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । यस्तै, कुमारीले १ अर्ब ९९ करोड, प्राइम कमर्सियलले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबिले १ अर्ब ९० करोड र प्रभुले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । 

सबैभन्दा कम एनआइसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ कमाएको छ । सिटिजन्स बैंक इन्टरनेशनल पनि कम नाफा कमाउने बैंकहरुमध्ये दोस्रो स्थानमा छ । सिटिजन्सले ६९ करोड ४९ लाख रुपैयाँ कमाएको छ । माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् । 

एक अर्ब रुपैयाँ भन्दा कम नाफा कमाउने बैंकहरुमा सिद्धार्थ बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक छन् । 

हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा र एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ । 

                                                                 वाणिज्य बैंकहरुको नाफा (रु १० लाखमा)  
  बैंक २०८१ मंसिर २०८० मंसिर नाफा फरक (प्रतिशत) 
       
  नबिल बैंक ३,४९७.४१ २,९६९.३५ १७.७८
  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २,४९१.०७ २,६०९.०५ –४.५२
  ग्लोबल आइएमई बैंक २,८३४.४४ २,७३७.९२ १७.७८
  कुमारी बैंक १,९९३.२२ १,३०१.५१ ५३.१५
  प्राइम कमर्सियल बैंक १,९६८.९३ १,९२८.९४ २.०७
  एभरेष्ट बैंक १,९४०.२६ १,४०३.२२ ३८.२७
  एनएमबि बैंक १,९०६.४४ १,४५१.३४ ३१.३६
  प्रभु बैंक १,८३८.४२ १,४९४.५५ २३.०१
  लक्ष्मी सनराइज बैंक १,६४०.७० ८९८.०४ ८२.७
  नेपाल बैंक १,५१५.७८ १,२१३.११ २४.९५
  स्टाण्डर्ड चार्टर्ड बैंक १,३७४.५४ १,२५६.०२ ९.४४
  नेपाल एसबिआई बैंक १,३४८.७२ ७०८.०६ ९०.४८
  हिमायलन बैंक १,३३७.११ १,८०४.१२ –२५.९२
  सिद्धार्थ बैंक ९७९.०४ ६२३.८१ ५६.९५
  सानिमा बैंक ९०४.१२ १,०७६.३८ –१६.००
  राष्ट्रिय वाणिज्य बैंक ८६७.१९ १,४१०.१९ –३८.५१
  माछापुच्छ्रे बैंक ८२७.४४ ७६२.७ ८.४९
  सिटिजन बैंक इन्टरनेशनल ६९४.९४ ७४३.५९ –६.५४
  एनआईसी एशिया बैंक ६३३.४ १,८५०.११ –६५.७६
  कृषि विकास बैंक    
  कुल नाफा ३०,५९३.१७ २८,२४२.८१ ८.३२

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies