Home बैंक वित्त सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक सम्मानित
बैंक वित्त

सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंक सम्मानित

Share
Share

बैंकको खबर । नबिल बैंक नेपालमा सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा फेरि सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा नबिल बैंक लिमिटेड नेपालमा आ.व. २०७९/८० मा बैंक, वित्तीय र बीमा संस्था अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाको रूपमा सम्मानित भएको हो। 

आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त पुरस्कार प्रदान गरेका हुन् । बैंकका तर्फबाट वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले प्रमाणपत्र ग्रहण गरेका थिए ।

नबिल बैंकले आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ लगायत विगतका वर्षहरूमा पनि धेरै कर तिर्ने बैंकको रुपमा सम्मान पाएको थियो । 

नबिल बैंकले देशव्यापी रूपमा आफ्ना २६८ शाखा र ३२० एटीएम मार्फत २४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies