Home बैंक वित्त चितवनको भरतपुरमा कृषि विकास बैकको नयाँ व्यवसायीक शाखा उद्धघाटन
बैंक वित्त

चितवनको भरतपुरमा कृषि विकास बैकको नयाँ व्यवसायीक शाखा उद्धघाटन

Share
Share

बैंकको खबर । गाँउ घरमा सहज बैंकिङ सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शनिबारदेखि शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् । कार्यक्रममा बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए । ‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैकको २ सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गुरुङले जानकारी दिए । 

बैकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनुहुन बैकका कार्यकारी अधिकृत गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियतपुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैक सञ्चालक समिति सदस्य संजिव पौडेलले आग्रह गरे । पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए । साथै, कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिए । 

बैंकका करिव पाँच लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोवाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरि सेवा दिइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए । 

उद्धघाटन कार्यक्रममा बैकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णुमाया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फबाट फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागरप्रसाद शर्माले जानकारी दिए । सोही कार्यक्रममा प्रबन्धक सागरप्रसाद शर्माले स्वागत मन्तव्य गरेका थिए । 

बैकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक सम्बृद्धि कार्कीले बैकका विषयमा प्रकाश पारेका थिए । बैकका बरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं. ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, बैकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, वागमती तथा गण्डकी प्रदेश चिफ सुशिल हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल, लगायतको विशेष सहभागी थियो । 

बैकमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । 

बैकले हालसम्म १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ । भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।   
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies