Home बैंक वित्त संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७औँ शाखा स्थापना
बैंक वित्त

संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७औँ शाखा स्थापना

Share
Share

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेको बैंकले जनाएको छ । 

सो अवसरमा न्यायाधीश फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ अनुशासन भित्र रही कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको बर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरीबजारको समुद्घाटनपूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपु न.पा. वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्वनगर प्रमुख भरतकुमार खत्री, पूर्वगाविस अध्यक्ष ज्ञानबहादरु कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु लगायत सर्वसाधारणहरुको उपस्थिति थियो ।

बैंकले देशभर ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies