बैंकको खबर । ज्योति विकास बैंकले स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। २०६५ साउन ९ गते स्थापना भएको ज्योति विकास बैंकले १७ वर्षको सफल यात्रा पुरा गरि १८औँ वर्षमा प्रवेश गरेको छ।
साउन ९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले
बैंकले वार्षिकोत्सवको दिन एआई च्याटबट “ज्योति” सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच प्रदान गर्नेछ । यो सुविधा उपलब्ध भएपछि डिजिटल ग्राहक सेवा थप सशक्त बन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले इन्टरबैंक टेलर क्यूआर सेवा पनि सुरू गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन् ।
वार्षिकोत्सवको अवसरमा, बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ। तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ। राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा न्यानो नानी बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिने बैंकले जनाएको छ । यस्तै, ई-नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गर्नेछ । साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षारोपण गरिने घोषणा पनि बैंकले गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ज्योतिज गोट ट्यालेन्टको दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो। विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । सहभागी सबैलाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
गरिएको थियो।यसै अवसरमा बैंकले आफ्नो कर्पोरेट एन्थम पनि सार्वजनिक गरेको छ। बैंकको मूल उदेश्य, ध्येय र मान्यताको दर्पणको रुपमासिर्जनात्मक र रचनात्मक ढङ्गले सम्पूर्ण सरोकारवालाहरुलाई सन्देश दिने हेतुले उक्त कर्पोरेट एन्थम सिर्जना गरिएको जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन्। साथै बैंकले निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि आयोजना गरेको छ जसमा बैंकका कर्माचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बैंकमा विगत १० वर्ष तथा १५ वर्षदेखि कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मानित गरिएको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले देशभर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
